कठै अमेरिकाको बेहाल: एकै दिनमा १४ सय ८० को ज्यान गयो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कठै अमेरिकाको बेहाल: एकै दिनमा १४ सय ८० को ज्यान गयो



काठमाडौं- संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४८० जनाको मृत्यु भएको छ। एकै दिनमा मृत्यु हुनेको संख्यो यो सबैभन्दा बढी हो।

योसहित अहिलेसम्म अमेरिकामा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७४०६ पुगेको छ।

अढाइ लाखभन्दा बढी संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी अधिकारीहरुले कोरोना भाइरस संक्रमणबाट दुई लाखसम्मको मृत्यु हुने अनुमान गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबाहिर ननिस्कन र निस्कनै परे अति सुरक्षित भएर मात्र निस्कन आफ्ना नागरिकलाई आग्रह गरेका छन्।