ईश्वर पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिन दवाव - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

ईश्वर पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिन दवाव



काठमाडौं- नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले औषधी खरिद प्रकरणमा नैतिकताका आधारमा राजिनामा दिन पोखरेललाई सुझाव दिएका छन् ।

उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय कमिटिको संयोजकको हैसियतले औषधी खरिद प्रकरणमा भएको अनियमितताको जिम्मोवरी लिनुपर्ने भन्दै राजीनामाको माग गरेका हुन् ।

‘महामारीको बेलामा औषधी खरिदमा अनियमितता भएको छ,’ डा. महतले ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भने, ‘यसमा कोरोना भाइरससम्बन्धी उच्चस्तरीय कमितिको संयोजक जिम्मेवार भएकाले राजीनामा दिनुपर्छ ।’ देशमा संकटको बेलामा समेत भ्रष्टाचारको विषय आउनु गम्भीर विषय भएको बताए ।

वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको महतको भनाई थियो । सरकारले तत्काल औषधी खरिदमा अनियमितता गर्नेमाथि छानविन गरी कारबाही नगरे नेपाली काँग्रेसले कडा कदम चाल्ने बताए ।

दोषीमाथि कारबाही नभए सरकारमाथि नैतिक संकट बढ्ने समेत बताए ।कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेकोमा समर्थन गर्दै जनतालाई राहत वितरण गर्न नसकेकोमा आलोचना गरे ।

लकडाउनले जनता समस्यामा परेका बेलामा राहतमा बेवास्ता भइरहेको उनको आरोप थियो ।