कोरोना अमेरिका: विश्व शक्तिमान राष्ट्रको निरिह कहानी - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

कोरोना अमेरिका: विश्व शक्तिमान राष्ट्रको निरिह कहानी



काठमाण्डौ- नेपालमा अहिलेसम्म ६ जनामा कोरोना भेटिएको छ । तिमध्ये १ जना निको भइसकेका छन् भने ५ जनाको अवस्था सामान्य रहेको सरकारी अधिकारिहरुले जानकारि दिएका छन् ।

६ जना संक्रमित भएको नेपाल पुरै लक डाउन छ । जनता त्रसित भएर घरभित्रै बसेका छन् । सरकारले संक्रमण फैलिन नदिन प्रयास गरिरहेको छ । भलै प्रयास अझै पर्याप्त नभएको बताइन्छ ।

तर विश्वकै सबैभन्दा शक्तिशाली अमेरिकामा कोरोना संक्रमितको संख्या अन्य देशमाभन्दा बढि छ । र तीब्र गतिमा फैलिइरहेको छ । अमेरिकाको तथ्याङ्क देखेर अन्य देश डराइरहेका छन् ।

कोभिड–१९ को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या साढे सात हजार नाघेको छ । चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा सबै भन्दा बढी संक्रमितको ज्यान जाने गरेको छ ।

तर पनि अमेरिकी सरकारलेे मुलुक लक डाउन गरेको छैन । केवल कोरोना परीक्षणलाई तीब्र बनाएको छ । यसका साथै अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्दको अौषधि वा खोपको आविष्कार गर्ने प्रयास गरिरहेका छन् । वैज्ञानिकहरुको रातदिनको प्रयास सफल हुन सकेको छैन ।

हरेक पक्षमा शक्तिशाली र सक्षम ठानिने अमेरिकाले कोरोना नियन्त्रणका लागि कुनै चमत्कार गर्छ कि भनेर विश्व समुदाय नै प्रतीक्षा गरिरहेको छ । तर अमेरिका भने आफ्नै देशका नागरिक जोगाउन सकिरहेको छैन ।

बरु त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प विचारै नगरी विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । वास्तवमै कोरोना नियन्त्रणको असफल प्रयासले अमेरिकालगायत आफुलाई शक्तिशाली र सक्षम भन्ने राष्ट्रहरु निरीह देखिएका छन् ।