मुख्यमन्त्रीले नै कोरोनाबारे भ्रम फैलाएपछि... - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

मुख्यमन्त्रीले नै कोरोनाबारे भ्रम फैलाएपछि…



काठमाडौं- नेपालमा अहिलेसम्म ६ जनालाई कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तर गण्डकी प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमा भने ७ जना संक्रमित भएको विवरण राखेको छ।

प्रदेशले पाेखरामा पनि एकजनामा संक्रमण देखिएकाे भन्दै ७ जनाकाे विवरण राखेकाे हाे।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा संक्रमित ६ मध्ये एकजनाको निको भइसकेको, २ जनाको टेकु अस्पताल र २ जनाको बाग्लुङ र एक जनाको धनगढीमा उपचार भइरहेको जानकारी दिए।

उनका अनुसार उपचार गराइरहेका सबैको स्वास्थ्य अवस्था सामान्य छ। देवकाेटाले पोखरामा कुनै पनि नयाँ संक्रमण फेला नपरेको स्पष्ट पारे।

यसअघि पोखरामा नमुना परीक्षण गर्दा थप एक जनामा कोरोना पोजेटिभ देखिएको कोरोना रोकथामका लागि गण्डकी प्रदेशमा गठित समितिका संयोजक किरण गुरुङले बताएका थिए।

समितिका संयोजक गुरुङसँगले भनेका थिए, ‘पोखरामा एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।’

प्रवक्ता देवकाेटाले भने, ‘प्रदेशमा पनि परीक्षण सुरु भएकाले मेसिनको भ्यालिडेसनका लागि केही परीक्षण पुनः गर्नुपर्ने हुन्छ।

कुनै नमुना शंकास्पद भयो भने मात्र दोहोर्याएर गरिन्छ। त्यसैले परीक्षण प्रक्रियामा रहेकाले पोखरामा पोजेटिभ आएको छैन।’