अष्ट्रेलियामा नेपाली विद्यार्थी सङ्कटमा: सरकार उदासिन - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

अष्ट्रेलियामा नेपाली विद्यार्थी सङ्कटमा: सरकार उदासिन

काठमाडौं- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणाले नेपाली विद्यार्थी प्रभावित हुने देखिएको छ।

मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका खबर नागरिक दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन्। जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ।

अधिकांस नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन्। तर अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ।

अष्ट्रेलियामा करिब ५५ हजार नेपाली विद्यार्थी रहेका छन्। कोरोनाका कारण ३० हजार बढी विद्यार्थीले आफ्नो काम गुमाइसकेको त्यहाँ अध्ययनरत सन्तोष लामिछानेले बताए।

‘यहाँको लकडाउन अझै २÷३ हप्ता यस्तै हुने हो भने केही विद्यार्थी सडकमै आउन पर्ने अवस्था सिर्जना हुनसक्छु’ उनले भने, ‘नेपाल सरकारले विद्यार्थीको लागि घर फर्किने बाटो खुला गरिदिए उनीहरु फर्किन सक्थे।’

कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन्। जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ।

अधिकांस नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन्। तर अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले यस विषयमा अष्ट्रेलिया स्थित नेपाली राजदूतसँग कुरा गरिरहेको बताए।

आवश्यक परेको खण्डमा उच्चस्तरीयरुपमा कुटिनीतिक पहल गर्ने भन्दै उनले तत्काल नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन सम्भव नहुने उनले बताए।