स्वास्थ्य मन्त्रालयले भन्यो: पोखरामा कोरोना संक्रमित भेटिएको छैन - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

स्वास्थ्य मन्त्रालयले भन्यो: पोखरामा कोरोना संक्रमित भेटिएको छैन



काठमाडौँ- स्वास्थ्य मन्त्रालयले पोखरामा पछिल्लो समयमा सञ्चारमाध्यममा आएको कोरोना भाइरस संक्रमणको पुष्टि नभएकाे जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको भनिए पनि त्यो पोजेटिभ नआएको स्पष्ट पारेका छन्।

पोखरास्थित क्षेत्रीय प्रयोगशालामा ती व्यक्तिमा रिपोर्ट पोजेटिभ देखिएको र टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको प्रदेश ४ का मन्त्री किरण गुरुङले जानकारी दिएका थिए।

प्रवक्ता देवकोटाले भने क्षेत्रीय प्रयोगशाला भर्खर सञ्चालनमा आउन थालेकाले पूर्ण नतिजा दिन समय लाग्ने र एकपटक आएको नतिजा क्षेत्रीय प्रयोगशाला र काठमाडौँ दुवैतिर पुनर्परीक्षण गर्नुपर्ने उल्लेख गरेका थिए।