ईश्वर पोख्रेल र भानुभक्त ढकाललाई तत्काल बर्खास्त गर्न माग - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

ईश्वर पोख्रेल र भानुभक्त ढकाललाई तत्काल बर्खास्त गर्न माग



काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र स्वस्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसंग माग राखेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसमेत रहेका पोख्रेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले यस्तो माग राखेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका चीनबाट स्वास्थ्य सामग्री खरिदमा उनीहरुले भ्रष्टाचार गरेको उल्लेख गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू तपाईंमाथि भरोसा राख्नलाई संयोजक पोखरेल र मन्त्री ढकाललाई तत्काल पदबाट बर्खास्त गर्नुस् ।’

उनले ब्रह्मलुट गर्नेहरूबाट सरकार संकटमा परेको जनाउँदै उनले यिनीहरुबाट जनताको स्वास्थ्य सुरक्षा नहुने बताएका छन् ।

मन्त्रिमण्डल नै बिचौलियाहरूको समूहजस्तो देखिएको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्, ‘ब्रह्मलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा कसरी हुन्छ ? विपदको नेतृत्व गर्ने सरकारको विश्वास संकटमा परेको छ ।’