खरिदको जिम्मा सेनालाई दिनु सरकार असक्षम भएको प्रमाण हो: कमल थापा
काठमाडौं- सरकारले कोरोनाको रोकथामका स्वास्थ्य सामग्री खरिद नेपाली सेनालाई दिने निर्णय विवादमा परेको छ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले स्वास्थ्य सामग्री खरिद विक्रीमा सेनालाई प्रयोग गर्नु उपयुक्त नहुने बताएका छन् ।
अध्यक्ष थापाले सेनाले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा स्वीकार गर्न नहुने बताउदै यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको सामाजिक संजालमा टिप्पणी गरेका छन् ।
उनले भनेका छन् – ‘सार्वजनिक खरीद विक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुंदैन। सेनाले पनि त्यस्तो जिम्मा स्विकार गर्नु हुँदैन ।
त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ । मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं ।’
यस अघि स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री किन्न सम्झौता गरेको र पहिलो लट सामान ल्याएपछि सम्झौता रद्ध गर्दै सरकारले सेनामार्फत जिटुजीबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको थियो ।