छैठौँ सङ्क्रमित महिला: नेपाल आएपछि १६ दिनसम्म के-के गरिन ? - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

छैठौँ सङ्क्रमित महिला: नेपाल आएपछि १६ दिनसम्म के-के गरिन ?



काठमाडौं- १९ वर्षीय युवती अंशुसंगै आएकी ६५ वर्षीय वृद्धालाई कोरोना संक्रमण देखिएको छ । उनि नेपालमा कोरोना संक्रमण भेटिएकी छैठौँ बिरामी हुन् ।

बेल्जियमबाट हिँड्नुअघि अंशु हजुरआमालाई लिन उनी बसेकै घर पुगेको र त्यहाँबाट गाडी चढेर उनीहरू सँगै एयरपोर्ट आएको बताइएको छ ।

अंशु र ती वृद्धाको टिकट संगैको सीटमा भएको बताइएको छ । कतार एयरवेजको फ्लाइट नम्बर क्यु आर ६५२ मा उनीहरू जहाजको उनीहरू आएका थिए ।

कतारको दोहामा ट्रान्जिट भएको उक्त जहाज बेल्जियमबाट आएको थियो। त्यसैले केही समय दोहामा अडिएपछि कतार एयरवेजकै अर्को जहाज चढेर उनीहरू नेपाल आएका हुन्।

काठमाडौं झरेपछि पनि उनीहरू यती एयरमार्फत पोखरा आए। त्यसमा अंशुका बुबा पनि सँगै थिए। ट्याक्सी चढेर हरिचोक र त्यसपछि बागलुङबजार सार्वजनिक जीप चढेर पुगेकी थिइन् ती वृद्धा।

चैत ३ गते बेल्जियमबाट उडेका उनीहरू ४ गते साँझ बागलुङ पुगेका हुन्। गएको शनिबार १९ वर्षीय अंशुमा कोरोनाको सङ्क्रमण ‘पोजिटिभ’ देखिएपछि वृद्धाको पनि परीक्षणका लागि स्वाब लिइएको थियो।

स्वास्थ्य सामान्य भए पनि नेपाल आएको १६ दिनपछि ती वृद्धामा पनि कोरोना सङ्क्रमण देखिएको छ।

आज (बिहीबार) काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणबाट उनमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे।

ती वृद्धा अहिले बागलुङस्थित आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहेको जनाइएको छ।

यता धवलागिरि अञ्चल अस्पतालले सङ्क्रमित वृद्धाको बारेमा हालसम्म कुनै जानकारी नभएको जनाएको छ।