पर्टावा सुगौलीबाट १३ मौलवी प्रहरीको नियन्त्रणमा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पर्टावा सुगौलीबाट १३ मौलवी प्रहरीको नियन्त्रणमा



कृष्णा यादव/वीरगञ्ज

भारतको राजधानी नयाँ दिल्लीस्थित कोरोना सङ्क्रमण फैलिएको भनिएको बंगलेवाले निजामुदिन मस्जिदमा मुस्लिम समुदायका धार्मिक सभामा सहभागी भएको आशङ्कामा १३ जना मौलवीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइएको छ।

पर्सा जिल्लाको पेर्टवासुगौली गाउँपालिका वडा नम्बर ५ कंञ्चपुरमा १३ मौलावीको समूहले गाउँमा आवतजावत गरेको समूहलाई स्थानीयवासीहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझेका हुन् ।

उनीहरूको समूह भारतको राजधानी नयाँ दिल्लीस्थित रहेको उक्त मस्जिदमा धार्मिक कार्यक्रममा सहभागी भएर आएको शङ्कामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पर्सा प्रहरीको प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र साहीले बताए ।

यसरी पक्राउ पर्ने १३ जना मौलवीहरूमा रौतहटका ११ र पर्सा जिल्लाका दुईजना रहेका छन्। हाल उनीहरूलाई वीरगन्जको महानगरपालिका वार्ड नम्बर १३ सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइन राखिएको छ। उनीहरू सबैको स्वास्थ्य परीक्षण हुनेछ।

यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा गए-नगएको अनुसन्धान भइरहेको पर्सा प्रहरीको प्रवक्ता प्रहरी नायव उपरीक्षक शाहीले बताए।