सङ्कटका बेला भ्रष्टाचार गर्नेलाई झुन्ड्याउनपर्ने झलनाथको माग - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

सङ्कटका बेला भ्रष्टाचार गर्नेलाई झुन्ड्याउनपर्ने झलनाथको माग



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिकित्सा सामग्री खरिद प्रकरणमा बदमासी गरेको ठहरिए हदैसम्मको कारबाही गर्ने बताएका छन् । ।

बाह्रखरी डटकमसँग कुरागर्दै खनालले लकडाउनमा घरभित्रै बसेकाले आफूले अध्ययन गर्न नपाएकाले थप टिप्पणी गर्न सक्ने अवस्था नरहेको तर यस्तो बेलामा भ्रष्टाचार गर्नेलाई झुन्ड्याउनुपर्ने बताएको उल्लेख गरिएको छ ।

“लकडाउनले गर्दा घरमै छु । बाहिर निस्कने अवस्था छैन । पार्टी कमिटीको बैठक बस्ने अवस्था छैन । अनियमितता भएको छ भन्ने समाचार सुनेको छु । तर विस्तृत बुझ्न पाएको छैन,” उनले भने ।

अनियमितता भए पार्टीले कस्तो एक्सन लिन्छ भन्ने जिज्ञासामा उनले हदैसम्मको कारबाही गरिने बताए ।

“चिकित्सा सामग्री खरिदमा अनियमितता भएको रहेछ भने हदैसम्मको कारबाही गर्छौं । भ्रष्टाचार नै गरेको रहेछ भने त्यस्तालाई झुन्ड्याउनुपर्छ,” उनले भने ।

चीनबाट खरिद गरेर ल्याएका सामग्री गुणस्तरहीन भएको भन्दै चिकित्सकहरूले प्रयोग गर्न अस्वीकार गरेका छन् ।

वाणिज्य विभागमा दर्ता नै नभएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस इन्टरनेशनलसँग गरेको खरिद–सम्झौता रद्द गरिसकेको छ ।