महासंकटका बेला घिनलाग्दो कृत्य गर्नेलाई कुनै हालतमा छाडिन्न: गगन थापा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

महासंकटका बेला घिनलाग्दो कृत्य गर्नेलाई कुनै हालतमा छाडिन्न: गगन थापा



काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले महासंकटको अवस्थामा पनि सरकारमा रहेकाहरु घिनलाग्दो कृत्यमा संलग्न रहेको भन्दै आक्रोश पोखेका छन् ।

उनले संकटका बेला समेत भ्रष्टाचार गर्न नछाड्नेहरु दण्डित नभएसम्म आवाज उठाउन नछाड्ने बताएका छन्।

’स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौँ’, गगनले बिहीबार बिहान ट्विटमा भनेका भनेका छन् ‘ ‘दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापी दिने छैनौँ ।’

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले लकडाउनको अवधि सकिएपछि चैत्र २५ पछिको हाम्रो रणनीति र योजना के छ भनेर सरकारलाई प्रश्न पनि गरेका छन् ।

यसमा सरकालाई झकझकाउने काम गरिरहन उनले आम नागरिकलाई आग्रह गरेका छन् ।