रञ्जित तामाङले भने: निजि अस्पतालका संञ्चालकलाई तत्काल पक्राउ गर्नुपर्छ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

रञ्जित तामाङले भने: निजि अस्पतालका संञ्चालकलाई तत्काल पक्राउ गर्नुपर्छ



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले महामारीका बेला उपचार नगर्ने नीजि अस्पतालहरुका सञ्चालक हरूलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।

उनले कोरोना भाइरसको महामारीका बेला पी जनताको उपचार गर्न नखोज्ने निजि अस्पतालहरूको लाईसन्स समेत खारेज गर्न माग गरेका छन् ।

उनले भनेका छन्, ‘बिरामी नलिने निजी अस्पतालका सञ्चालकहरुलाई पक्राउ गरि कडा कारबाही गर ।’

अनेरास्ववियूका सहसंयोजक तामाङले कोरोनाको महामारीबाट देश अक्रान्त भएको यो घडीमा समाजप्रति उत्तरदायी हुन नीजि अस्पतालका संचालकहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसकुबमार्फत सहसंयोजक तामाङले भनेका छन्, ‘नेपाल सरकारलाई पुन आग्रह गर्न चाहन्छु मानबिय संबेदना ख्याल नगरि बिरामी नलिने, उपचार सेवा नदिने निजि अस्पतालको या त लाईसेन्स खारेज गरिनु पर्छ, या त मानबिय अपराधको मुद्धामा पक्राउ गरि कानुनी उपचार गरिनु पर्छ ।

राज्यको आँखाबाट हरेक नागरिकको जिवनको मुल्य एउटै हुनुपर्छ । हरेक नागरिकले अकालमा मृत्युबरण गर्न नदिन सरकारले हरसम्भव प्रयास गरिनु पर्दछ ।’