अलपत्र नेपालीलाई तत्काल नेपाल ल्याउ: पूर्वराजा ज्ञानेन्द्र - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अलपत्र नेपालीलाई तत्काल नेपाल ल्याउ: पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश फर्किन खोज्ने र सीमानामा अलपत्र नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २ करोड रुपैयाँ दान गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश फर्किन खोज्ने नेपालीलाई सरकारले राेक्न नहुने बताएका हुन्न् ।

आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै उनले कोरोनाले गर्दा विदेशमा बस्न नसक्ने भएपछि आफ्नो देश फर्कन खोज्ने नेपालीलाई सीमामा रोक लगाउन नहुने सुझाव दिएका हुन्।

उनले ट्विट गरेका छन्, ‘आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर बिचल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न। सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ।’