विमानभित्र अचम्मको गन्ध आएपछि स्वास्थ्य सामग्री बोकेको स्काइ ट्रक आकस्मिक अवतरण - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

विमानभित्र अचम्मको गन्ध आएपछि स्वास्थ्य सामग्री बोकेको स्काइ ट्रक आकस्मिक अवतरण



काठमाडौं- चीनबाट आएको स्वास्थ्य सामग्री र उपकरण बोकेर प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक एकाएक बीच बाटोबाटै फर्केको छ ।

त्रिभुवन विमानस्थलबाट सोमबार बिहान ९ बजेर ५० मिनेटमा उडेको सो विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

विमानभित्र अनौठो गन्ध आएपछि १० मिनेटमै फर्किएर १० बजे अवतरण भएको हो । त्रिभुवन विमानस्थल कार्यालयले विमान फर्किएको बताएको छ ।

चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई आइतबार नै हस्तान्तरण गरेको थियो ।

नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी थिइन् ।