नेपालीहरू दयालु भएकैले विश्वभरी सबैले माया गर्छन: बेलायती राजदूत - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेपालीहरू दयालु भएकैले विश्वभरी सबैले माया गर्छन: बेलायती राजदूत



काठमाडौं- नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाली नागरिकहरू दयालु र उदार चरित्रका भएकै कारण संसारमा सबैले माया गर्ने बताएकी छन्।

आइतबार राति ट्विट गर्दै राजदूत पोलिटले काठमाडौंबाहिर रहेका बेलायती नागरिकहरूलाई स्थानीय बासिन्दाले निःशुल्क खाना र बास दिएकामा खुशी व्यक्त गरेकी हुन्।

केही बेलायती नागरिक लकडाउनका कारण काठमाडौंबाहिर रोकिएका थिए। उनीहरूलाई स्थानीय बासिन्दाले दिएको आतिथ्यप्रति राजदूत पोलिटले खुशी व्यक्त गरिन्।

‘मेरा नेपाली साथीहरू, जसले गएका दिनहरूमा काठमाडौंबाहिर रहेका बेलायती नागरिकहरूलाई निःशुल्क खाना र बास दिनु भयो,’ उनले ट्विटमा भनेकी छन्, ‘तपाईंको दयालु र उदार चरित्रले गर्दा नै नेपाललाई विश्वभरि सबैले धेरै माया गर्छन् र नेपाल घुम्न आउँछन्। मलाई नेपालमा तपाईंहरूको सेवा गर्न पाएर धेरै गर्व छ।’