बुटवलमा मृत्यु भएका युवकमा कोरोनाका निकै लक्षण देखिएका थिए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बुटवलमा मृत्यु भएका युवकमा कोरोनाका निकै लक्षण देखिएका थिए



काठमाडौं- बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका युवकको कारण बुटवल त्रस्त बनेको छ ।

कोरोनाका धेरै लक्षण देखिएपछि उनलाई अस्पतालमा राखिएको थियो भने रिपोर्ट भने आउन बांकि छ । उनमा कोरोना भाइरसको संक्रमण थियो कि थिएन भन्ने कुरा आज पुष्टि हुने भएको छ।

उनको स्वाब (र्‍याल) परीक्षण गरिरहेको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पर्सन सुदर्शन थापाका अनुसार चैत १३ देखि अस्पतालको आइसोलेसनमा उपचाररत ती ३४ वर्षीय युवकको आइतबार दिउँसो मृत्यु भएको हो।

उनी दुबईमाबाट चैत ६ गते नेपाल आएका थिए । दुबईमा ट्याक्सी चालक उनमा कोरोना भाइरस संक्रमणको निकै लक्षण देखिएको अस्पतालका डाक्टरले बताएका थिए ।