बुटवलमा मृत्यु भएका युवाको शव उठेन, छेउमा जान कसैले मानेनन् - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

बुटवलमा मृत्यु भएका युवाको शव उठेन, छेउमा जान कसैले मानेनन्



बुटवल- बुटवलमा आइसोलेसनमा रहँदा आइतबार बिहान मृत्यु भएका व्यक्तिको शव अझै उठाइएको छैन ।

रुपन्देहीको सैनामैना नगरपालिका–४, सिसौडाँडाका ३७ वर्षीय बाबुराम थापाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएको १० घण्टा भइसक्दा पनि उनको शव नउठाइएको हो ।

कोरोना भाइरसको शंका लागेर उनी आइसोलेसनमा भर्ना गरिएका थिए । कोरोना सर्ने डरले कोही पनि शव नजिक जान मानेका छैनन् ।

उनकी श्रीमती रीता थापाले समेत कसैबाट कुनै खालको सहयोग पाएकी छैनन् । मृतक थापका परिवारलाई समेत अहिलेसम्म क्यारेन्टाइनमा राखिएको छैन् ।

रीतालाई भने सैनामैनामा निर्माण गरिएको क्यारेन्टाइनमा राखिने अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् । बाबुरामको मृत्युबारे अस्पतालले केही बोलेको छैन ।

उनको रगतको नमूना संकलनका लागि पठाइएको र हालसम्म नजिता नआएको अस्पताल स्रोतले बताएको छ । उनी दुबईबाट १० दिनअघि मात्र नेपाल आएका थिएको छ ।