फ्रान्सबाट आएकी युवती डिस्चार्ज भएको हल्ला गलत: अस्पताल - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

फ्रान्सबाट आएकी युवती डिस्चार्ज भएको हल्ला गलत: अस्पताल



काठमाडौँ– टेकु अस्पतालमा उपचाररत १९ वर्षीया युवतीको डिस्चार्ज भएको भनि फैलिएको हल्ला सत्य नभएको अस्पतालले जनाएको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा भइरहेको छ ।

उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमित युवती अस्पतालमै उपचाररत रहेको जानकारी दिए । उनले कोभिड–१९ सङ्क्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

फ्रान्सबाट आएको कोभिड–१९ सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

फ्रान्सबाट गत चैत ४ गते कतारको दोहा हुँदै काठमाडौँ आएको युवतीमा कोभिडको सङ्क्रमण देखिएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको हो ।