कति दिन थपिन्छ लकडाउन ?
काठमाडौँ- सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्मको लागि गरेको लकडाउनको घोषणा थप लम्ब्याउने तयारी गरेको छ ।
एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको हो ।
यसअघि कोरोना परीक्षण गरिरहेका मानिसहरुको अन्तिम नतिजा आएपछि यसबारे निर्णय गरिने सरकारको तयारी छ ।
हवाई र स्थलमार्ग हुदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेको छ ।
सरकारले गठन गरेको विभिन्न निकायहरुले ‘कोभिड–१९’ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिलाई यस्तै सिफारिस गरेका छन् ।