कोरोना कानुन: सिंगापुरमा सात हजार डलर जरिवाना - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

कोरोना कानुन: सिंगापुरमा सात हजार डलर जरिवाना



एजेन्सी- सिंगापुरले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बनाएको नीयम तोडे ६ महिनासम्म जेल हाल्न सक्ने कानुन ल्याएको छ।

एक मिटरको दुरी कायम गर्ने, एकै स्थानमा १० जना भन्दा बढी भेला नहुने नियम उलंघन गरेका करिव सात हजार अमेरिकी डलर जरिवाना र ६ महिना जेल राख्न सकिने कानुन लागु भएको हो।

घरमै बस्न दिएको सूचनाको उलंघन गरे पनि सोही अनुसारको कारवाही हुनेछ।

विदेशबाट आउने र स्वासप्रश्वास सम्बन्धी समस्या देखिए घरमै बस्ने सूचना दिन सकिने सिंगापुरको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती उल्लेख गर्दै सिएनएनले लेखेको छ।

यो कानुन शुक्रबारबाट लागु भइसकेको छ। सोमबारबाट सबै बोर्डर बन्द भइसकेको छ।