विराटनगरमा सेना परिचालन गर्न माग - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

विराटनगरमा सेना परिचालन गर्न माग



विराटनगर- प्रदेश नम्बर १ को राजधानीमा सेना परिचालन गर्नुपर्ने अवस्था आएको छ । स्थानीय बासिन्दाहरूले लक डाउन उल्लङ्घन गर्दै प्रहरीलाई समेत नटेरेको भन्दै सेना परिचालन सम्बन्धमा छलफल भैरहेको बताइएको छ ।

राजधानी विराटनगरका बासिन्दाले सरकारले गरेको लकडाउनलाई ब्यापक उल्लंघन गरेपछि यस्तो अवस्था आएको हो ।

प्रहरीले कडा कदम चाल्न नसक्दा विराटनगरका बासिन्दाले लकडाउनको अवज्ञा गरेका हुन् ।

विराटनगरको भित्रि सडकहरूमा मानिसहरू भिड लागेका छन् भने चोक चोकमा मानिसहरू जम्मा भएका छन् ।

प्रहरीलाई सम्झाउने र बुझाउने आदेश मात्र भएकाले बल प्रयोग गरेका छैनन् । प्रमुख जिल्ला अधिकारीले लकडाउनको उल्लंघन गरेर सडकमा निस्किएकालाई प्रहरीले बल प्रयोग गर्न नसक्ने बताएका छन्।

विराटनगर महानगरपालिकाका प्रमुखले मानिसहरूले आदेश नमानेपछि सेना लगाएर भए पनि लक डाउन सफल पार्नुपर्ने बताएका छन् ।