को हुन् नेपालमा भेटिएका कोरोना संक्रमित तेस्रो व्यक्ति ? - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

को हुन् नेपालमा भेटिएका कोरोना संक्रमित तेस्रो व्यक्ति ?



काठमाडौं- खाडी मुलुकबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ ।

नेपाल आएपछि शंकास्पद लक्षणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

टेकु अस्पताल स्रोतले जनाए अनुसार नेपालमा भेटिएका कोरोनाका तेस्रो संक्रमित खाडी मुलुकबाट आएका पुरुष हुन् ।

उनको मंगलबार राती परीक्षण गरिएको जनाइएको छ । कन्फर्म हुनका लागि आज पुन: परीक्षण गर्दा पनि पोजेटिभ नतिजा नै आएको बताइएको छ ।

उनको अहिले टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

एक दिन अघिमात्र फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी पनि अहिले टेकुमै उपचाररत छिन् ।

कोरोनाका पहिलो संक्रमित भने निको भइसकेका छन् । चीनको वुहानबाट आएका युवकमा कोरोनाको संक्रमण पाइएको थियो । उनि निको भैसकेका छन् ।