संक्रमित युवती आएकै जहाजमा थिए बाँकेका चार जना: खोजीकार्य तिब्र - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

संक्रमित युवती आएकै जहाजमा थिए बाँकेका चार जना: खोजीकार्य तिब्र



काठमाडौं- टेकु अस्पतालमा उपचार भैरहेकी कोरोना सङ्क्रमित युवतीसंग फ्रान्सबाट कतार हुँदै आएका चार जना बाँके जिल्लाका रहेको तथ्य खुलेको छ ।

चैत ४ गते एउटै जहाजमा रहेका बाँकेका चारजनाको खोजी सुरु भैरहेको बताइएको छ । आएको उक्त जहाजमा रहेकी १९ वर्षीया युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरूको खोजी सुरु भएको हो ।

संक्रमित युवती आएको जहाजमा आएका सबैलाई क्वारेन्टाइनमा राख्न सरकारले खोजि कार्य तिब्र बनाएको छ । यसै अनुरुप बाँकेमा चारजनाको खोजी भइरहेको छ ।

बाँकेमा प्रहरीमा चारैजनाको नाम र नागरिकता नम्बर पठाएर खोजतलास गर्न पत्र आइपुगेको छ । उनीहरुको ठेगाना खुलाइएको छैन ।

ठेगाना नखुलेकाले अब जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता नम्बर भिडाएर ठेगाना पत्ता लगाउनु पर्ने भएको प्रहरीले जनाएको छ ।