सुदूरपश्चिम सरकारद्वारा कोरोना नियन्त्रणका लागि साढे ११ करोड विनियोजन

विशाल पाण्डे/कैलाली
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि साढे ११ करोड बजेट विनियोजन गरेको छ।
विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको रोकथाम तथा व्यवस्थापनका लागि आज बसेको ६९ औं बैठकले उक्त बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रीपरिषद् बैठकले कोरोना रोग नियन्त्रण र ब्यबस्थापनको लागी ११ करोड ५० लाख बिनियोजन गर्ने, स्थानिय तह लाई ३ करोड ससर्त अनुदान रकम दिने , सिमा रहेका नेपाली लाई आफ्नो गन्तव्यमा पुगाउन आवश्यक ब्यवस्था गर्ने, मन्त्रीहरुको १ महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा राखिने जस्ता महत्वपुर्ण निर्णय पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा आईसोलेसन कक्ष स्थापना तथा कोरोनाको जोखिम बाट बच्न अन्य स्थानमा आईसोलेसन कक्ष स्थापना गर्नका लागि उक्त बजेट विनियोजना गरिएको मन्त्री सुवेदीले जानकारी दिए ।

