सङ्क्रमित युवतीको अवस्था राम्रो: पाँच दिनमा अर्को परिक्षण - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

सङ्क्रमित युवतीको अवस्था राम्रो: पाँच दिनमा अर्को परिक्षण



काठमाडौँ– नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएकी १९ वर्षीया युवतीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आइतबार कोरोना सङ्क्रमण देखिएपछि शुक्रराज अस्पताल टेकुमा उपचार गराइरहेकी उनको स्वास्थ्य सामान्य रहेको र अर्को परिक्षण गरेपछि कतिदिन राख्नुपर्ने भन्ने थाहा हुने अस्पताल स्रोतले जनाएको छ ।

फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिए लगत्तै टेकु अस्पतालको आइसोलेसनमा राखिएको थियाे।

अब ५ दिनमा उनको दोश्रो परिक्षण गरिने बताइएको छ भने उनको अहिलेको अवस्था सामान्य छ । अहिले उनमा कोरोनाका लक्षण नदेखिएको बताइएको छ ।

योभन्दा अगाडि संक्रमित भएका व्यक्ति निको भैसकेका छन् ।