अब रिचार्ज गर्दा डबल बोनस पाइने, लोन लिँदा शुल्क नलाग्ने - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अब रिचार्ज गर्दा डबल बोनस पाइने, लोन लिँदा शुल्क नलाग्ने



काठमाडौं- मोबाइल सेवा प्रदायक कम्पनीहरुले कल र डाटामा आधा मूल्य सस्तो बनाउने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज गरेको बराबर नै रकम बोनस दिनुपर्ने व्यवस्था गरेपछि कल र डाटा सस्तो हुने भएको हो ।

यो व्यवस्थापछि मोबाइलबाट प्राप्त हुने जुनसुकै सेवा आधा सस्तो पर्ने भएको छ ।

यो बाहेक पनि मोबाइलमा रिचार्ज सकिए २०० रुपैंयाँसम्म क्रेडिट सेवा उपलब्ध गराउनुपर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

साथै सो क्रेडिट सेवाबापत कुनै पनि शुल्क लिन पाइने छैन । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सञ्चालक समितिको निर्णयअनुसार सबै टेलिकम कम्पनीलाई बोनस दिन र क्रेडिट सेवा उपलब्ध गराउन निर्देशन दिइसकेको बताइएको छ ।

टेलिकम कम्पनीहरुले भोलिदेखि नै उक्त निर्देशन लागू गर्नुपर्ने छ । यो निर्णय एक महिनाका लागि लागू हुने बताइएको छ ।