धरानका दुई युवा सङ्क्रमित युवतीसँगै आएको पुष्टि - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

धरानका दुई युवा सङ्क्रमित युवतीसँगै आएको पुष्टि



धरान- कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ।

ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक बसेको छ।

सोमबार ती युवतीसँग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्ति हरुलाई क्‍वारेनटाइनमा कसरी पठाउने भन्‍नेबारे उपमहानगरपालिकाको बैठकमा छलफल भइरहेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन्।

आकस्मिक बैठकमा लकडाउनलाई कसरी कार्यन्वयन गर्ने ? भोलि बुधबारदेखि धरानमा कोही पनि मानिस बाहिर हिँडडुल गर्न नदिनेबारे पनि छलफल भइरहेको बताइएको छ।