नेपाल राष्ट्र बैंकले भन्यो: बैंकिङ्ग सेवा सुचारू राख्नु - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नेपाल राष्ट्र बैंकले भन्यो: बैंकिङ्ग सेवा सुचारू राख्नु



काठमाडौं- नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै बैंकिङ्ग सेवा सुचारू राख्न निर्देशन दिएको छ।

नेपालमा पनि कोरोना महामारीको त्रास फैलिरहँदा सबै बैंक तथा वित्तीय संस्थाहरूलाई बैंकिङ सेवाहरू सुचारू राख्‍न राष्ट्र बैंकले निर्देशन दिएको हो।

राष्ट्र बैंकले आइतबार क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाको लागि सूचना प्रकाशन गरेर कोभिड–१९ संक्रमणको जोखिम न्यूनिकरण गर्ने उपाय अपनाउँदै सजगता साथ बैंकिङ कार्य सूचारू गर्न निर्देशन दिएको हो ।

“कर्मचारीहरूमा हुनसक्ने संक्रमण तथा संस्थाको व्यवसाय निरन्तरतालाई मध्यनगर गर्दै यथासम्भव न्यूनतम कर्मचारीबाट सेवा सुचारू राख्नु।,” राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै घरबाटै काम गर्ने वा सिफ्टमा काम लगाउने व्यवस्था पनि गर्नसक्ने राष्ट्र बैंकको सुझाव छ ।