अब घरभाडा र सटरभाडा के हुन्छ ? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अब घरभाडा र सटरभाडा के हुन्छ ?



काठमाडौं– कोरोना सङ्क्रमणको जोखिमले पुरै विश्व आक्रान्त भैरहेका बेला नेपालमा पनि यसको सङ्क्रमण देखिएको छ ।

सरकारले सावधानी अपनाउन र यसको भयाबह अवस्था हुन नदिनको लागि पूर्वतयारी गरिरहेको छ । मंगलबार बिहानबाट देशभर लकडाउन गरिएको छ ।

सर्वसाधारणहरूलाई जहाँ छन् त्यहीं बस्न र अरूको सम्पर्कमा नजान आग्रह गरिएको छ । अत्यावस्यक बाहेकका सबै सेवा तथा कार्यालय खोल्न नपाइने ब्यबस्था गरिएको छ ।

यस्तो अवस्थामा साना तथा मझौला व्यवसाय गरेर बस्नेहरूमा चिन्ता थपिएको छ ।

शहरमा डेरा गरेर बसेका तथा भाडामा लिएर व्यवसाय गरेका व्यवसायीहरूको पिडालाई मध्यनजर गर्दै भाडावाला सरोकार समाज नेपालले यसको प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ ।

बहालमा बस्ने अहिले ठूलो मर्कामा परेको उक्त समाजको निष्कर्ष छ । यो अवस्था आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समाजले गरेको हो ।