इटालीमा झनै भयावह: एकै दिनमा ६ सय २ को ज्यान गयो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

इटालीमा झनै भयावह: एकै दिनमा ६ सय २ को ज्यान गयो



एजेन्सी–कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित इटालीममा सोमबार ६०२ जनाले ज्यान गुमाएका छन्।

समाचार एजेन्सी रोयटर्सलाई उल्लेख गर्दै बीबीसीले जनाएअनुसार इटालीमा कोरानाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७८ पुगेको छ।

कोरोना भाइरसको संक्रमणका लागि इटालीमा गत शनिबार सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। शनिबारमात्र ७९३ जनाको मृत्यु भएको थियो।

आइतबार त्यो संख्या घट्दै मृतकको संख्या ६५१ भएको थियो भने सोमबार ६०२ जनाले ज्यान गुमाएका हुन्।

बीबीसीका रोम संवाददाता मार्क लोबेनका अनुसार नयाँ संक्रमित बिरामीको संख्यामा पनि कमि आएको छ।

त्यस्तै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार पुगेको छ भने ४९५ जनाले ज्यान गुमाएका छन् । विश्वभर हाल १६ हजार ४ सय ९६ जनाले ज्यान गुमाएका छन्।