सङ्क्रमित युवतीमा कोरोनाको लक्षण भेटिएन: फेरि परिक्षण गरिँदै - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सङ्क्रमित युवतीमा कोरोनाको लक्षण भेटिएन: फेरि परिक्षण गरिँदै



काठमाडौँ– कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएकी १९ वर्षीया युवतीको नमूना दोस्रो पटक परीक्षण गरिने भएको छ।

चैत ४ गते फ्रान्स हुँदै कतारबाट नेपाल आएकी युवतीमा आइतबार आएको रिपोर्टमा भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।

संक्रमण भएको पुष्टि भएसँगै उपचारका लागि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको छ।

कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आए पनि ती युवतीमा अहिले कोरोना भाइरसको लक्षण भने नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले बताए।

‘हामी क्लिनिकल्ली प्यारामिटर हेर्दै गर्छौँ। उहाँमा अहिले थप लक्षण देखिएको छैन। अवस्था सामान्य छ। पछि लक्षण बढ्दै गयो भने थप परीक्षण गर्नु पर्ने हुन सक्छ’, उनले भने,‘अहिले थप लक्षण नदेखिएको हुँदा नमुना परीक्षण नेगेटिभ आए ७ दिनमा डिस्चार्ज गर्छौँ र फेरि पनि पोजेटिभ आए १४ दिन राख्छौँ।’