सङ्क्रमित युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी
काठमाडौँ– सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्रकार सम्मेलन गर्दै फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएको जनाएको छ।
नमुना परीक्षणमा भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएपछि काठमाडौँस्थित उनको घरमा मन्त्रालयले चारजना स्वास्थ्य अधिकारीको टोली खटाएको छ।
युवतीको घरमा पुगेका स्वास्थ्य अधिकारीको टोलीले ‘होम क्वारेन्टाइन’मा बसेका युवतीका अभिभावकसँग छलफल गरिरहेको छ।
अधिकारीको टोलीले युवतीका घर परिवार मात्र नभएर उनको सम्पर्कमा आएका आफन्त, साथी, छिमेकीका बारेमा जानकारी लिइ उनको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।