दिल्लीस्थित नेपाली दूतावासले भन्यो: नेपालीहरू बाहिर ननिस्कनु, सुरक्षित रहनु - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

दिल्लीस्थित नेपाली दूतावासले भन्यो: नेपालीहरू बाहिर ननिस्कनु, सुरक्षित रहनु



काठमाडौं- भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले नागरिकमा अन्योल बढेको बेला एक अपील जारी गरेको छ।

अपीलमा भारतका विभिन्न राज्य लक डाउन भएकाले आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।

नेपाल-भारतका सीमा पनि पूर्ण रूपमा बन्द गर्ने नेपाल सरकारको निर्देशनको पालना गर्न पनि दूतावासले आग्रह गरेको छ।

दूतावासले अपिल जारी गर्दै भारत सरकाले जारी गरेको निर्देशन पालना गर्दै सुरक्षित रहेर बस्न आग्रह गरेको हो ।

दूतावासद्वारा जारी अपिलमा भनिएको छ, “नेपाल–भारत सीमामा मानिसको आवतजावतमा बन्देज लगाएको सन्दर्भमा भारतमा रहनुभएका नेपालीहरूलाई आ–आफ्नो नियमित बसोबास भएकै स्थानमा सुरक्षितसाथ बस्न तथा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन दूतावास अपिल गर्दछ ।”