बाबुराम भट्टराईले कमल थापालाई 'भट्टीमा पसेर दूध पिएको' भनेपछि... - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बाबुराम भट्टराईले कमल थापालाई ‘भट्टीमा पसेर दूध पिएको’ भनेपछि…



काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापालाई भट्टीमा पसेर दूध पिएको भनेपछि सामाजिक सञ्जालमा यसको चर्चा हुन थालेको छ ।

सामाजिक सञ्जालमा कमल थापाले एक पत्रिकामा ‘राप्रपा एकीकरणमा कुनै देशी– विदेशी शक्तिको प्रत्यक्ष एवं परोक्ष भूमिका छैन,’ नामक लेख शेयर गरेपछि डा. भट्टराईले उक्त लेखमा टिप्पणी गर्दै यस्तो बताएका छन् ।

थापाले लेखेको लेख ट्वीटरमा सेयर गर्दै भट्टराईले राप्रपा एकीकरणमा देशी–विदेशी शक्तिको हात छैन भन्ने विषयमा विश्वास गर्ने आधार नभएको उल्लेख गरेका छन्।

‘यो त भट्टीमा पसेर दूध पिएर आएको भने जस्तो भयो कि सहपाठी मित्र,’ बाबुरामो कटाक्ष छ।

उनले थापाको विषयमा उल्लेख गरेकोमा माफी समेत मागेका छन्। जवाफमा थापाले ठट्यौलो शैलीमा उत्तर फर्काएका छन्, ‘तपाईंको ह्याङओभर पनि कहिल्यै नजाने भो के खानुहुन्छ कुन्नी?’