काठमाडौंमै कोरोना सङ्क्रमण भेटियो: टेकुमा उपचार हुँदै - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

काठमाडौंमै कोरोना सङ्क्रमण भेटियो: टेकुमा उपचार हुँदै



काठमाडौं- एक जना नेपालीमा कोरोना सङ्क्रमण फेला परेको बताइएको छ ।

फ्रान्सबाट दुबई हुँदै आएकी नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको हो । उनलाई अहिले टेकु अस्पतालमा भर्ना गरी उपचार थालिएको छ ।

सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै काठमाडौंमा कोरोना संक्रमित बिरामी भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रालयमा आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन्।

घरमै क्वारेन्टाइनमा रहेकी उनलाई आइतबार बेलुका काठमाडौं टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याइएको मन्त्री ढकालले बताए।

“मुख्यतया यही जानकारी दिन आज पत्रकार सम्मेलन गरिएको हो”, मन्त्री ढकालले भने।

१९ वर्षीया नेपाली छात्रा फ्रान्सबाट फर्केकी थिइन्।