रामपुर र गैंडाखेडा जोड्ने झोलुङ्गे पुलको शिलान्यास - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रामपुर र गैंडाखेडा जोड्ने झोलुङ्गे पुलको शिलान्यास



विशाल पाण्डेय/सुखड,कैलाली
कैलालीको घोडाघोडी नगरपालिका- ४ मा रहेको टेङ्गा खोलामा झोलुङ्गे पुल बन्ने भएको छ ।

रामपुर– गैंडाखेडा जोड्ने टेङ्गा नदिमा बन्ने झोलुङ्गे पुलको सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद अमर बहादुर साउदले आइतबार शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद साउँदले घोडाघोडी नगरपालिकामा पुल तथा अन्य संरचना निमार्णको लागी भौतिक पुर्वाधार विकास मन्त्रालयमा प्रस्ताब पेश गरेको जानकारी दिए ।

उनले स्थानियको अन्य समस्याहरुलाइ पनि मध्यनजर गर्दै अन्य बिकासका कामहरु पनि छिट्टै अघि बढाउने बताए । साथै सांसद साउदले सुदुर पश्चिम प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेको हुँदा सम्पूर्णले सावधानी अपनाउन पर्ने बताए ।

सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि प्रदेश तथा स्थानीय सरकार लागिरहेको बताउदै सांसद साउदले सम्पूर्णले आ -आफ्नो ठाउँ बाट सहयोग गरेमात्र उक्त भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सकिने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगत २ करोड १८ लाख ९ हजार रुपैयाँमा रामपुर – गैंडाखेडा जोड्ने झोलुङ्गे पुल निमार्ण हुन लागेको हो ।

पुलको लम्बाई २०३.८० मिटर रहेको छ । टेङ्गा खोलामा बन्न लागेको झोलुङ्गे पुलको निमार्णका लागि खामपचे /थाती / रुविना जे.वि काठमाडौंविच २०७६ साल मंसिर ६ गते प्रदेश सरकारले सम्झौता गरेको थियो । झोलुङ्गे पुलको २०७८ साल जेठ दुई गतेसम्म सम्पन्न गरिसक्नु पर्ने छ ।

पुल निर्माण हुने भएपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । पुल नहुदा बर्खाको समयमा एउटै वडाको दुई ठाउँका मानिसहरुलाई आवतजावतका लागि धेरै नै समस्या हुने गरेको थियो ।