काभ्रेको पनौतीमा कोरोना आशंका: एक व्यक्तिको परिक्षण हुँदै - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

काभ्रेको पनौतीमा कोरोना आशंका: एक व्यक्तिको परिक्षण हुँदै



काभ्रे- कोरोना भाइरस अर्थात् कोभिड १९ को आशंकामा पनौती नगरपालिका घर भएका एक ब्यक्तिलाई धुलिखेल अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।

लगातार ज्वरो आई निको नभएपछि उनलाई कोरोनाको आंशकामा अस्पतालमा भर्ना गरिएको हो ।

शनिबार विहान उनको घाँटीको स्वाव निकालेर परिक्षणका लागि टेकु अस्पताल पठाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए। ५० वर्षिय एक ब्यक्तिलाई केहि दिन देखि नियमित ज्वरो आईरहेको थियो ।

ज्वरोसँगै निमोनिया समेत भएकाले उनलाई परिक्षण पछि निमोनिया भएको भन्दै अस्पतालले जाँच गरेर औषधी समेत पठाएको तीन दिनसम्म निको नभए पछि पुनः अस्पताल ल्याईएको थियो ।

निमोनिया निको नभएपछि अस्पतालले टेकु जान सल्लाह दिएसँगै प्रहरीको टोलीले उनलाई धुलिखेल अस्पतालमा पठाएको थियो ।

अस्पतालले विरामीलाई आईसोलेसन वार्डमा भर्ना गरी उनको घाँटीको स्वाव परिक्षणका लागि टेकु अस्पताल पठाएको हो ।

उनको रिपोर्ट प्राप्त हुन ४८ घण्टा लाग्ने अस्पतालले जानकारी दिएको छ । आईसोलेसनमा बस्ने काभ्रेमा उनी पहिलो विरामी हुन् ।