एनआरएनएले सरकारलाई एक करोड सहयोग गर्ने - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

एनआरएनएले सरकारलाई एक करोड सहयोग गर्ने



काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

कोरोना महामारी विश्वभर फैलिएका बेला यस विरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।

आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोषमार्फत् उक्त रकम सहयोग गर्ने निर्णय गरेको एनआरएनए अध्यक्ष कुमार पन्तले जनाएका छन्।