जुम्ला ‘लक डाउन’, सुर्खेत अनिश्चितकालका लागि बन्द - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

जुम्ला ‘लक डाउन’, सुर्खेत अनिश्चितकालका लागि बन्द



सुर्खेत- कोरोनाको त्रासका कारण भोलि (चैत १० गते) देखि जुम्ला ‘लक डाउन’ गरिने भएको छ।

आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले भोलिदेखि १६ गतेसम्म जुम्लामा ‘लक डाउन’ गर्ने निर्णय गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्।

लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक बजारमा घुमफिर गर्न पाइने छैन भने गाउँमा पनि भोजभतेर सभा सम्मेलन जस्ता कुनै पनि कार्यक्रम गर्न पाइने छैन।

बैठकले १ सय बेड क्षमताको क्वारेन्टाइन समेत निर्माण गर्ने निर्णय गरेको छ।

जुम्ला बहुमुखी क्याम्पसमा एक सय बेडको क्वारेन्टाइन राख्ने निर्णय बञ्जाडेले जानकारी दिइन्।

आइतबारदेखि जुम्ला विमानस्थल तथा जिल्लाको सिमाना (नाग्मा) मा हेल्थडेक्स स्थापना स्थापना गरिने भएको छ।

यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेत बजार पनि भोलिदेखि अनिश्चितकालीन रुपमा बन्द हुने भएका छन्।

सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि अत्यावश्यक बाहेकका अन्य व्यवसायहरु बन्द गर्न अपिल गरेको छ।

आइतबार बसेको सुर्खेत उद्योग वाणिज्य संघ र बस्तुगत समितिको आकस्मिक बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न गरेको हो।

कोरोनाले विश्व नै आक्रान्त भइरहेको बेला उच्च सतर्कता अपनाउन सुर्खेतमा रहेको अत्यावश्यक बाहेकका व्यवसाय अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए।

बजार बन्द भए पनि किराना, खाद्य, ग्यास, पेट्रोल पम्प, तरकारी र औषधि पसलहरु भने खुला रहने छन्।