राष्ट्रपति र प्रधानमन्त्री बीच भेट: के भयो छलफल ?
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आजै साँझ मन्त्रिपरिषद्को बैठक डाकेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेपछि पछिल्लो देशको अवस्था र कोरोना संक्रमणको जोखिमबारे सल्लाह गरेको बताइएको छ ।
मिर्गौला प्रत्यारोपणपछि निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले करिब दुई घण्टा राष्ट्रपतिसँग देशको पछिल्लो अवस्था र सरकारले कोरोनाभाइरस रोकथामका लागि गरेको तयारी बारे छलफल गरेका थिए ।
राष्ट्रपतिलाई भेटेर निवास फर्किएका प्रधामन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।
यसअघि मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनुअघि १८ फागुनमा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको थियो ।