कैलालीमा विस्फोट: एकको ज्यान गयो

कैलाली- कैलालीमा विस्फोटक पदार्थ पड्किंदा एक जनाको ज्यान गएको छ ।
कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्फोट भएको हो । विष्फोटमा परी घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको ज्यान गएको छ ।
अहिले घटनास्थलतर्फ प्रहरी टोली गइसकेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी गराएका छन् ।
उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।
यद्यपि, उक्त वस्तुमा विष्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले बताएका छन् ।
गोदावारी गाउँपालिका निकै विकट मानिन्छ ।

