टेकु अस्पतालमा लास देखेको भन्दै भ्रम फैलाएका युवाले अमेरिकाबाट मागे माफी - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

टेकु अस्पतालमा लास देखेको भन्दै भ्रम फैलाएका युवाले अमेरिकाबाट मागे माफी



काठमाडौँ– सामाजिक सञ्जालमा भिडियो बनाएर कोरोनाबारे आतंक सृजना गर्ने युवाले अमेरिकाबाट माफी मागेका छन् ।

टेकु अस्पतालमा पलास्टिकले बेरेर लास लागेको भन्दै कैयौंको मृत्यु भएको दाबी गर्ने उनले अमेरिकामा बसेर उक्त भिडियो बनाएर समाजलाई आतंकित बनाएका थिए ।

आफूले कोरोना भाइरसका कारण नेपालीको मृत्यु भएको देखेको दाबी गरेका नयनराज पाण्डे नाम गरेका ती व्यक्ति अमेरिकाको टेक्सास बस्दै अमेरिका बस्दै आएको र आफूले गलत गरेको भन्दै माफी मागेका छन् ।

आफूले नै टेकुमा कोरोना भाइरसका कारण मरेका व्यक्ति देखेको दाबीसहितको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले टेकु अस्पतालमा उपचारका लागि गएका बेला पाँचजना कोरोनाकै कारण मरेको देखेको भन्दै भ्रामक सामग्री बनाएर पोस्ट गरेका थिए ।

उनले आफूबाट ठूलो गल्ती भएको भन्दै माफी मागेका छन् । सामाजिक सञ्जालमा आएका केही सामग्रीबाट प्रभावित भएकाे र आफूले गलत काम गरेको उनले उल्लेख गरेका छन् । उनले टिकटकमा पोस्ट गरेको भ्रामक सामग्री पनि डिलिट गरेका छन् ।