साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै: महत्वपूर्ण निर्णय हुनसक्ने - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै: महत्वपूर्ण निर्णय हुनसक्ने



काठमाडौं- आइतबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने बताइएको छ ।

पछिल्लो समय नेपाल पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले सरकारले विभिन्न निर्णय गर्दै आएको छ ।

आज बस्ने बैठकमा पनि कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले चालेको कदमका प्रभावकारीता र थप कदमको बारेमा छलफल हुने बताइएको छ ।

कोरोना संक्रमणको जोखिमका विषयमा महत्वपूर्ण निर्णय हुनसक्ने अनुमान गरिएको छ ।