कोरोना लाग्नै नदिने खोप तयार, यस्तो छ चीनको तयारी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कोरोना लाग्नै नदिने खोप तयार, यस्तो छ चीनको तयारी



काठमाडौं- चीनको उत्तरपूर्वी सहर तियानजिनमा कनसिन बायोलोजिक्सले एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजसँग मिलेर काेराेना भाइरसविरुद्धकाे खाेप बनाएकाे छ। अब यसको क्लिनिकल परीक्षणका लागि स्वयंसेवीको खोजी सुरु भएको छ।

हुबेई सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जुन खोपका लागि परीक्षण गर्न लागिएको छ, त्यो अन्त्यन्त सुरक्षित रहेको र यसबाट संक्रमणको कुनै खतरा नरहेको दाबी गरेको छ।

चीनमा परीक्षणका लागि खोजी गरिएको स्वयंसेवीको बारेमा अमेरिकाले परीक्षण गर्ने भनेको एक दिनपछि घोषणा गरिएको हो, एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले खबर छापेको छ।

चीनले जुन खोपका लागि काम गरिरहेको छ, त्यसमा मेसेन्जर रिभोलुक्निक एसिड अर्थात् एमआरएनए प्रविधि भाइरसको जनेटिक कोडको नक्कल हो यसको परीक्षण मानिसमा गर्न स्वीकृति मिलेको छ।

अप्रिलमा यसको परीक्षण हुने आशा गरिएको छ। हुबेईका सीडीसीले भनेको छ, ‘परीक्षणका लागि १८ देखि ६० वर्षसम्मकाका स्वयंसेवीको आवश्यकता छ, जो कुनै पनि किमिसका कोरोना भाइरसको संक्रमण नभएको होस्।’