मनकारी घरबेटी: जसले गरे तीन महिनाको घरभाडा छुट दिने घोषणा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

मनकारी घरबेटी: जसले गरे तीन महिनाको घरभाडा छुट दिने घोषणा



काठमाडौं- विश्वभर कोरोना संक्रमण फ़ैलिएपछि नेपालमा पनि यसको असर राम्रै देखिने आशंका गरिएको छ । यस्तो अवस्थामा व्यवसायी तथा भाडामा बस्नेहरूमा छुट्टै तनाव सृजना भएको छ ।

व्यवसाय तथा जागिरको टुङ्गो नहुने भएपछि न त भाडा तिर्ने अवस्था छ न त छाडेर हिड्ने नै अवस्था । यस्तैमा काठमाडौंको कलंकीमा घर भएका एक व्यक्तिले आफ्नो घरमा भाडा गरेर बस्नेहरूको लागि ३ महिना भाडा छुट दिने घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमसँगै सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेकोबेला उनले सामाजिक संजालमा गरेको यस्तो घोषणा हुन् ।

उनको यो घोषणा अहिले भाइरल भएको छ । काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेका हुन् ।

कोराना भाइरसको प्रकोपको डरले सबैतिर लकडाउन भएको बेला लामिछानेले तीन महिनाको घरघाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्धाव देखाएको भन्दै उनको चौतर्फी प्रसंशा भइरहेको छ ।

उनले भनेका छन्,‘मैले आफनो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने वित्तिकै साथिहरुले सेयर गरेर भाइरल बनाइदिनुुभयो, क्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कर्तव्य हो, त्यसैले मेरो घरमा भाडा बसिरहनुुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ ।’