लामो दूरीका सवारी र अत्यावश्यक बाहेकका सबै सेवा बन्द - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

लामो दूरीका सवारी र अत्यावश्यक बाहेकका सबै सेवा बन्द



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै सबैलाई सकेसम्म घरमै बस्न आग्रह गर्दै चैत १० गतेदेखि लामो दूरीका सवारी साधन नचल्ने घोषणा गरेका छन्।

उनले चैत ९ गतेदेखि १८ गतेसम्म १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा पनि गरेका छन्।

उनले सबै मानिसले केही समयका लागि आफ्नो व्यवहार तथा दैनिक जीवनमा परिवर्तन ल्याउन जरुरी रहेको उल्ले गर्दै साबुनपानीले पटकपटक हात हुन र स्यानिटाइजर प्रयोग गर्न पनि आग्रह गरेका छन्।

उनले आतंकित नहुन आग्रह गर्दै विदेशमा आएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन्।

उनले विभिन्न क्षेत्रमा यस महामारीले पार्ने प्रतिकूलताका लागि सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै सीमा नाकामा अनिवार्य स्वास्थ्य जाँच गरिने प्रबन्ध गरिने बताएका छन्।

उनले सरकारका अत्यावश्यक बाहेक सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म रोक लगाएका छन्।