सबै सरकारी तथा निजी कार्यालयहरू बन्द हुने
काठमाडौं- कोरोना संक्रमणको तनाव बढिरहेका बेला रोखाथामका लागि सरकारले सरकारी तथा निजि कार्यालयहरू बन्द गर्ने भएको छ ।
सरकारले अदालत, विद्यालय, महाविद्यालयहरू बन्द गर्ने निर्देशन दिइसकेको छ भने अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरिएको बताइएको छ ।
आजै प्रधानमन्त्रीले साँझ ६ बजे सम्बोधन गर्ने र यसको घोषणा गर्ने तयारी गरिरहेको स्रोतले बतायो ।
शुक्रबार साँझ कोरोना रोकथाम, नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठक पनि बस्दैछ । समितिले नै थप घोषणाको तयारी गरेको बताइएको छ ।
यसैगरी सरकारले उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू कम्तीमा दुईसाता बन्द गर्ने तयारी गरेको छ ।
आपूर्ति नरोक्ने तर मानिसहरूको आवतजावत बन्द गर्ने सरकारले तयारी गरेको हो । यसका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिनदेखि सम्बन्धित पक्षसँग संवाद गरिरहेका थिए ।