नदिमा डुुबेर बालक बेपत्ता, खोजिकार्य जारी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नदिमा डुुबेर बालक बेपत्ता, खोजिकार्य जारी



कैलाली- कैलालीको बर्दगोरियामा रहेकोे काडाँ नदिमा डुुबेर एक बालक बेपत्ता भएका छन ।

नुहाउने क्रममा बौनिया बजार बस्ने १४ बर्षिय आशिस ओली बेपत्ता भएको र खोजिकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरिक्षक अनिस भण्डारीले जानकारी दिए ।

अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरुले खोजिकार्य जारी राखेको बताईएको छ ।

नदिको गहिराई बढी भएको र प्रहरी संग सुरक्षा औजार नभएकाले समस्या भईरहेको प्रहरीको भनाई छ ।

खोजिकार्यका लागि जिल्ला स्तरीय बिपत ब्यवस्थापन संग समन्वय भईरहेको प्रहरी निरिक्षक भण्डारीले जानकारी दिएका छन ।