पशुपतिनाथ मन्दिरमा आरती पनि बन्द - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

पशुपतिनाथ मन्दिरमा आरती पनि बन्द



काठमाडौं- पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न १५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ ।

सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

“हामीले निर्देशन पालना गराउन अनुगमन टोली पनि गठन गरिसकेका छौं,” सदस्य सचिव ढकालले भने, “कडाइका साथ निर्देशन पालना गर्नेछौं ।”

पशुपति क्षेत्रविकास कोष परिषरको विशेष सरसफाइ तथा निर्मलीकरण गरिएको उनले जानकारी थिए ।

हरेक साँझ हुँदै आएको आरती भोलिबाट बन्द हुने जानकारी दिएका उनले आज विधिका लागि भीड जम्मा नभइ आरती हुने बताए ।